२०७६ साल असार ३०गते सोमबार के छ त? आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार ०७:२१

वि.सं. २०७६ असार ३०। सोमबार। इ.स. २०१९ जुलाई १५।ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। चतुर्दशी, २५ः२५ उप्रान्त पूर्णिमा।

मेष –( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

बृष –( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ।

मिथुन –( का, कि, कु, घ, ङ, छ, के, को, )

माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा चिताएको काम रोकिन सक्छ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ।

सिंह –( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नै सक्रियताले मात्र दिगो लाभ उठाउन सकिनेछ।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर आए पनि बेलामा होस नपुर्याउँदा समस्या आउनेछ। आत्मविश्वासको कमीले पछि परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिने हुँदा सञ्चित रकम खर्चनुपर्ला। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ।

बृश्चिक –( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ढिलै भए पनि रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, हिसाबकिताबमा होसियार रहनुहोला।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।

मकर –( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

कुम्भ –( गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु