बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

विश्वकप क्रिकेटको नाटकीय फाइनलमा इंग्ल्यान्डले बाजी मार्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार ०८:०२

“न भूतो न भविष्यती”, विश्वकप क्रिकेटको फाइनलमा न विगतमा यस्तो भएको थियो न त भविष्यमै हुनेछ । विजेताको निर्णय न त रनबाट भयो न त विकेट बाट नै भयो । निर्णय भयो बढी छक्का र चौकाको गणनाबाट ।उपाधि जित्ने इंग्ल्यान्डले बढी छक्का र चौका हानेकाले विजेता भयो । उसले कुल २४ वटा छक्का र चौका प्रहार गरेको थियो । न्युजिल्यान्डले कुल १६ वटा चौका र छक्का प्रहार गरेको थियो ।

    यो पनि पढ्नुहोस्

इंग्ल्यान्डको लर्डस मैदानमा २९ असारमा भएको रोमाञ्चक खेलमा दुवै टोलीले ५० ओभर खेल्दै २४१ रन बनाएका थिए । ब्याटिङभन्दा बलर नायक सावित भएको प्रतिष्पर्धामा २४२ रनको लक्ष्य पाएको इंग्ल्यान्ड विजयी हुने ठानिएपनि खेल उसका लागि सजिलो भएन ।

एक सय रन नबनाउँदै इंग्ल्यान्डले चार विकेट गुमाइसकेको थियो । उसका स्टार ब्याट्स्म्यानहरु सस्तोमा समेटिए ।उपाधि न्युजिल्यान्डको पोल्टामा गइसकेको थियो । जीतका लागि अन्तिम ओभरमा १६ रन बनाउनुपर्ने वाध्यता थियो । बेन स्ट्रोक्स र जोस बटलरले एक छक्का र एक चौका हानेर १५ रन बनाए ।जीतका लागि अन्तिम बलमा रन लिन खोज्दा बेन स्ट्रोक्स आउट भएका थिए । इंग्ल्यान्डले कठिन बराबरी निकाल्न सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । निकोल्सले मात्र अर्धशतक बनाउन सके । न्युजिल्यान्डका लागि वक्स र प्लुन्केटले तीन तीन विकेट लिए ।जवाफी ब्याटिङमा आएको इंग्ल्यान्डका बेन स्ट्रोक्स नायक सावित भए । उनले ८४ रन बनाए । बटलरले ५९ रन बनाए । इंग्ल्यान्डका लाग नसिम र फर्गसन दुवैले तीन तीन विकेट लिए ।

पहिलोपटक विश्वकप क्रिकेट जितेको इंग्ल्यान्डले नसोचेको कठिन जित हासिल गर्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु