दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवालद्वारा बिशेश कार्यक्रमका बिच रिबन काटेर उदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार ८:३०

काठमाडौ -काठमाडौको नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गरेका छन । उनिहरुले शनिबार साझ चर्चित गायक प्रकाश कटवालले सन्चालनमा ल्याएको टप राजधानी दोहोरी साझको उदघाटन गरेका हुन ।

दोहोरीको उदघाटन गर्दै पुर्ब प्रधानसेनापति कटवालले लोक दोहोरी बिस्वकै नमुना संगीत भएकाले यस्को संरक्षणमा सरकार र सरोकारवाला निकाय लाग्नुपर्ने बताए । आफै लोकगित गाएर कार्यक्रममा उपस्थित कटवालले लोकसङ्गितको जगेर्नामा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बरिस्ठ गायक नारायण रायमाझीले आफ्ना विभिन्न गितहरु प्रस्तुत गर्दै दोहोरीको सफलताको शुभकामना दिए ।

दोहोरी कलाकारहरुको बिद्यालय भएको बताए । कार्यक्रममा उपस्थित अतिथिहरु काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्कीलगायतले दोहोरीको सफलताको शुभकामना दिए । कार्यक्रममा उपस्थित अतिथी कलाकारहरुले विभिन्न गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित गायक प्रकाश कटवालले आफुले आफ्नै क्षेत्र लोकदोहोरीको बिकास र संरक्षणको लागी दोहोरी संचालन गरेको बताए । उनले दोहोरीमा ४० जनालाई रोजगारी दिएको समेत बताए । दोहोरी उदघाटनको अबसरमा यस क्षेत्रको हकहित र संरक्षणमा उल्लेख्य योगदान दिने विभिन्न ब्यतित्व हरुलाई मायाको चिनो प्रदान गर्दै सम्मानसमेत गरिएको थियो ।

हुनेहरुमा काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले ,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्की,लोकदोहोरी ब्यबसायी संघका अध्यक्ष चुडा बहादुर कार्की , एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेतलगाएत पत्रकारहरु र कलाकारहरु रहेका थिए। ऊनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल र दोहोरीका संचालक प्रकाश कटवालले मायाको चिनो प्रदान गर्दै खाता ओढाएर सम्मान गरेका थिए ।

दोहोरीको उदघाटन कार्यक्रम बुधबारसम्म रहने र उदघाटन अबधिभर विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने सन्चालक कटवालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु