युएईमा रहेका कामगर्ने नेपालीले श्रीमती, आमाबुवा, छोराछोरी लान पाउने दुतावासले पनि जारि गर्यो यस्तो विज्ञाप्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार १५:०४

युएई – युएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दुतावासले दिने एनओसी सर्टिफिकट अब नपाउँने भएका छन् । युएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई युएई बोलाउँदा नेपाली दूतावासवाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्रावधान थियो । त्यो सर्टिफिकट दिने कामवाट दुतावास पन्छिएको छ । छोरी छोरी युइएमा भएका आमाबुवा वा आफन्त भिजिट भिषामा युएई जाँदा दुतावासवाट एनओसी सर्टिफिकट लिनु पर्ने प्रावधान यसअघि थियो ।

दूतावासले आइतबार एक सूचना प्रकाशित गरेर सोमबारदेखि एनओसी जारी नगर्ने निर्णय गरे पछि धेरै नेपालीले यसको विरोध गरेका छन् । दूतावासकी द्धितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले सो कुराको पुष्टि गरेकी हुन् । युएईमा बस्ने नेपालीहरुले आफन्तलाई युएई भ्रमणमा बोलाउन भिजिट भिसा एप्लाई गर्दा पनि दूतावासमार्फत एनओसी लिनुपर्ने आवश्यकता थियो । युएईमा रहेकाहरुले नजिकका नातेदार श्रीमान, श्रीमती, आमाबुबा सासु, ससुरा र छोराछोरीलाई बोलाउँदा दूतावासवाट एनओसी सर्टिफिकट लिनुपर्ने प्रावधान थियो ।

अब भिजिट भिषा प्राप्त कागजातलाई नेपालमा अध्यागमन विभागले जाँच गरेर पठाए पछि दूतावासले त्यसैका आधारमा भिषा दिने भएको छ । जसमा अब दलाल मार्फत गएका सर्टिफिकटले मान्यता पाउने भएका छन् । यहि प्रावधानको सामाजिक सञ्जाल र युएइमा बस्ने नेपालीहरुले विरोध गरेका हुन् । दलाल मार्फत जाने भिजिट भिषाका नेपालीहरु ठगीमा पर्ने भन्दै युएइमा बस्ने नेपालीले विरोध जनाएका हुन् । ‘सरकारले सम्बन्धित निकायमार्फत आगामी दिनदेखि एनओसी जारी नगर्नु भनेर निर्देशन पठाएसकेको दुतावासले जनाएको छ । हामीले सोहीअनुसार सोमबारदेखि नगर्ने निर्णय गरेको हो ।
तर दूतावासले एनओसी जारी नगर्ने भनी गरेको निर्णयको सामाजिक संजालमा व्यापक आलोचना भएको छ। युएइमा कार्यरत कामदारहरुले पनि यो निर्णय गलत भएको र यसले दलाललाई पृष्ठपोषण गरेको भन्दै विरोध जनाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु