तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मृगौला पीडित आशिषकोलागि सहयोगको अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३० गते, सोमबार १७:२४

सन्तोष बजगाई, काठमाण्डौं–यस धर्तिमा जन्मिएपछि हरेकको आ–आफ्नै रहर र चाहानाहरु हुन्छन तर विडम्वना लाउँ–लाउँ र खाउँ–खाउँ भन्ने कलिलो उमेर मै रोगले थलिनु र आर्थिक अवस्था कमजोरिको कारण उपचारमा समस्या हुन जस्तो पीडा अरु के नै हुन सक्छ र ? हो यस्तै भएको छ सिन्धुपाल्चोक जिल्ला साँगाचोकगढी–३ स्थायी घर भएका पशुपति धमलाको २३ बर्षिय छोरा आशिष धमलालाई । उनको दुबै मृगौलाले काम गदैन । हाल उनि मृगौला फेल भई काठमाण्डौंस्थित सुमेरु अस्पतालमा उपचारत छन् ।

परिवारको न्युन आर्थिक अवस्थाका कारण लामो समयदेखि उन्को उपचारमा समस्या आएको पारिवारिक श्रोतले बताएको छ । परिवारले आफुसंग भएजती सम्पति सकेर उपचार गर्दापनि सम्भव नभएपछि सहयोगी हात भएका आम नेपाली दाजुभाई तथा दिदि बैनि समक्ष परिवारले सहयोगको अपेक्षा गरेको छ ।

हामीले आज दुखमा परेकाको लागि केहि गर्न सक्यौ भने न, हामी समस्यामा पर्दापनि शाहारा विहिन हुनुपर्दैन नी हैन र ? त्यसैले देश तथा विदेश जहाँ रहेपनि तपाईको सानो सहयोगले कसैले पुर्नजीवन प्राप्त गर्दछ भने यस्तो पुण्य कार्यमा कीन ढिला, आउन्होस् सकेको सहयोग सबैले गरौं र उनको जीवन बचाऔं ।

उनलाई सहयोग गर्न चाहानेले सिदार्थ बैकमा उनको बुवा पशुपति प्रसाद धमलाको नाममा रहेको खाता नं. ०१६१५४००४५९ मा रकम जम्मा गर्नुहोला । त्यस्तै प्रत्यक्ष भेट्न चाहानुहुन्छ भने उहाँको मोवाईल नं. ९८१३४५४७५५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु