तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भागेर बिवाह गरेकी गर्भवती छोरीकाे पिताले गरे यसरी बिभत्स हत्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३१ गते, मंगलवार १५:२५

प्रेमीसँग भागेर बिवाह गरेकी गर्भवती छोरीलाई आफ्नै पिताले मारेको खुलासा भएको छ । केही दिनअघि भएको यो हत्याको रहस्य खोज्दै जाँदा ती युवतीले परिवारको अनुमति बिना प्रेमीसँग बिहे गरेकोले उनका पिताले उनको हत्या गरेको पाइएको हो । केही दिनअघि मुम्बइको घाटकोपरमा २० वर्षकी ती गर्भवती युवतीको शव भेटिएको थियो । आइतबार उनको शव सडक पेटिमा भेटिएको थियो ।

मृतक मिनाक्षी चौरसिया ४ महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको टाउको र अनुहारमा चक्कुले प्रहार गरेका थिए । जरका कारण उनको मृत्यु भयो । मिनाक्षीले गत फेब्रुअरीमा मध्यप्रदेश गएका बेला बृजेश नामका एक युवकसँग अदालतमा बिवाह गरेकी थिइन् । पिताले भने मुम्बइकै अर्का युवकसँग उनको बिवाह तय गरेका थिए । यसको लागि पूरा तयारी भइसकेको थियो र कार्डसमेत छापिइसकेको थियो तर छोरीले बिहे गरेको थाहा पाएपछि राजकुमार रिसाएका थिए ।

छोरी भागेको र आफूले तय गरेको बिहे तोडिएपछि राजकुमार लज्जित थिए । तैपनि उनले बिवाह स्वीकार गर्दै छोरीलाई गाउँ नजान भनेका थिए । तर, हालै जब मिनाक्षी गणपति महोत्सवमा गाउँ गएपछि शनिबार साँझ बाबुछोरीमा भनाभन भएको थियो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेट्न आएकी छोरी पिताको पाउ छुनका लागि झुकेका बेला पिताले आक्रमण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु