नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

स्थानिय बासिन्दाहरुले खानेपानी संस्थाको हाकिमलाई घेरे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३१ गते, मंगलवार १६:००

बुटवल-बुटवल उपमहानगरपालिका वडा नं. ८ का स्थानिय बासिन्दाहरुले मंगलबार खानेपानी संस्था बुटवलका हाकिमलाई घेराउ गरेका छन् ।

सुख्खानगरमा दैनिक खानेपानी नआउने गरेको र आएपनि धमिलो पानी आएपछि वडाका स्थानियहरु गुनासो लगेर खानेपानी संस्था बुटवलको कार्यालयमा पुगेका थिए ।

स्थानियहरुले सुख्खानगरमा दिनुपर्ने पानी कर्मचारी र जनप्रतिनिधीको आदेशमा अन्य वडालाई दिएको भन्दै उनीहरुले संस्थानका कार्यालय प्रमुख ईन्जिनियर बुद्धरत्न मर्हजनलाई घेराउन गरेका हुन ।

सुख्खानगरका स्थानिय बासीहरुले तत्काल खानेपानीको समस्या समधान नभए खानेपानी पाईपनै निकाल्दिने चेतावनी समेत दिएका छन् । सुख्खानगरका स्थानिय राधेश्यामराज भण्डारीले हिउदोको समयमा भन्दा पनि बढि खानेपानी समस्या अहिले भएको बताए ।

बुटवल–८ मा २ हजार ५ सय घरधुरी छन् । बुटवल–८ सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । सुख्खानगर संगै जोडिएको दिपनगरमा भने खानेपानी दैनिक रुपमा आएको भन्दै स्थानियहरुले सवैको मिलेमोतोमा वडा नं. ८ लाई खानेपानी नदिएको बताए ।

एक महिना अघि बुटवलको सडक डिभिजन परिसरमा उपमहानगरपालिकाकै पहलमा बोरिङ गाडिएको थियो । बोरिङ गाडेपछि आएको पानीले सुख्खानगरमा खानेपानीको समस्या टर्ने विश्वास गरेका जनताले सो पानी दिपनगरमा लगेपछि थप आक्रोशित बनेका हुन ।

खानेपानी संस्थाका कार्यालयका प्रमुख ईन्जिनियर बुद्धरत्न महर्जनले बुटवलका अझै एक दुई स्थानमा बोरिङ गाडेर समस्याको समधान गर्ने बताए ।-butwalonline.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु