मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने छ । तर पनि देशको एक दूइ स्थानहरुमा भारी वर्षाको सम्भावना र केहि स्थानहरुमा सामान्य वर्षा हुने देखिएको महाशाखाले जनाएको छ ।
वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केही नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेका कारण सावधानी अपनाउन आग्रह गरेको छ । त्यसका साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण १ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण २ गते (बिहिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ३ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।-news24nepal.com
२०८३ मंसिर ५ - शनिबार



