
काठमाडौं । चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको “काँकरी” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई चोलेन्द्र पौडेलको युटयुबबाट सार्वजनिक गरिएको छ । शिब अखेलीको शब्द रहेको उक्त गीतमा चोलेन्द्र पौडेलको नै संगीत रहेको छ भने बिनोद बाजुरालीको एरेंज रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा माया प्रेमको भाव समावेश गरिएको छ भने तीजमा मायालुलाई साडी दिने कुरा गरिएको छ ।


