
काठमाडौं । चर्चित लोकप्रिय गायिका शान्ति श्री परियार र गायक दिपेन्द्र डाँगीको “बाजी” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई डिजिटल लाइभ नेपालको युटयुबबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक दिपेन्द्र डाँगीको नै शब्द , संगीत तथा एरेंज रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा दुई प्रेमीको मनको भाव समावेश गरिएको छ ।


