दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आजबाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य, प्यान नभई तलब खान नपाईने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १ गते, बुधबार १३:४०

काठमाडौँ – सरकारले नयाँ आर्थिक वर्ष सुरु भएसँगै आज (साउन १) बाट स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।

आजबाट कुनैपनि कम्पनी, फर्म तथा रोजगारदाता कम्पनीले स्थायी लेखा नम्बर बिना तलब दिन पनि नपाउने भएका छन्।  सरकारले आजबाट लागु हुनेगरी दैनिक एक हजारभन्दा माथिको ज्याला भूक्तानीमा प्यान अनिवार्य गरेको हो।

त्यस्तैगरी आजबाटै आयकरको सीमा पनि परिवर्तन भएको छ। आजबाट एकललाई वार्षिक ४ लाख र दम्पतिलाई साढे ४ लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्ने व्यवस्था लागु भएको छ। यसअघि एकललाई साढे ३ लाखमाथिको आयमा र दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्दै आएको थियो ।

९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेकामा हालसम्म  ९ लाख जनाले प्यान नम्बर लिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। स्थायी लेखा नम्बर प्यान नम्बर लिनका लागि आन्तरिक राजस्व विभागको वेब साईड www.ird.gov.np मा गएर आफैँ भर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु