दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङद्धारा दुःख व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३ गते, शुक्रबार १८:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्गमा भगवान बुद्धका शालिकहरु अज्ञात समूहले तोडफोड गरेकामा दुःख व्यक्त गर्नुभएको छ ।

पार्टी वरिष्ठ उपाध्यक्ष तामाङबाट आज प्रकाशित हस्ताक्षरित विज्ञप्तीमा घटनामा दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ । नेपालको मौलिक मान्यता र परम्परालाई निरन्तरता दिँदै स्थापना भएका भगवान बुद्धका शालिक भत्काइएकोमा उहाँले आपत्ति जनाउनुभएको छ । हिजो त्यहाँ भगवान बुद्धका ५ वटा शालिक तोडफोड गरिएको थियो । विज्ञप्तीमा सनातन धर्म संस्कृतिको विरोधमा शालिक तोडफोड गरिनुले सर्वधर्म समभावको विचार राख्ने सम्पूर्ण नेपालीहरु मर्माहत भएको उल्लेख गरिएको छ । धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याउनसमेत तामाङले माग गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु