दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एस्ईई उत्तीर्ण दलित विद्यार्थीलाई सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ४ गते, शनिबार २१:१४

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले आज एस्ईई उत्तीर्णलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ ।
संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा यसपालिको एस्इई परीक्षामा उत्तीर्णलाई सम्मान गरिएको हो । सम्मान गर्दै उहाँसहित विशेष अतिथि र अन्य अतिथिले विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । १ सय ४५ विद्यार्थी सम्मानित भएका थिए ।

नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले विद्यार्थीहरुलाई पढाइप्रति प्रेरित गर्नका लागि सम्मान गरिएको बताउनुभयो । सुनारले दलित समुदायमा पढाईप्रति जिम्मेवार नहुने र विद्यालय भर्ना भएका विद्यार्थीले पनि बीचैमा पढाई छोड्ने समस्या अझैपनि रहेको बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्ने व्यवस्था भएपनि क्याम्पसले नदिएको भन्दै कार्यान्वयनका लागि पहल गरिने समेत बताउनुभयो ।

नेपाली कांग्रेसको भ्रातृसंस्थाका रुपमा रहेको दलित विद्यार्थी संघ २ महिनाअघि स्थापना भएको हो । अध्यक्ष सुनारले दलित समुदायको लागिमात्र नभएर संघले अरु सबैको पक्षमा काम गर्ने दावी गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु