-ललन कुमार चौरसीया
साउन ४ । रौतहट । रौतहट स्थित लालबकैया नदीमा आज फेरी दुुई बालिकाको डुुबेर मृत्युु भएको छ । रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता रहेको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको लालबकैया नदीमा डुुबेर मृत्युु भएको छ ।
घर र बाट बाख्रा चराउन गएकी दुुबैबालिकालाई गर्मी लागेर नजिकै रहेको लालबकैया नदीमा नुहाउने क्रममा शनिवार बिहान ११ बजे डुुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविक कार्कीले जानकारी दिनुभयो । मृतक दुुबै बालिकाको शव पोष्टमार्टमको लागी गौर तर्फ लैजान तयारी भईरहेको प्रवक्ता कार्कीले बताउनुभयो । यसै बिच देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवीले मृतक परिवारलाई तत्काल राहत र क्षतीपुुर्ती दिन सरकार संग जोरदार माग गरेकी छिन । यसअघि रौतहट स्थित बाढी तथा नदीको पानीमा डुुबेर १५ जनाको मृत्युु भएको तथा एकजना बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।