लोक तथा दोहोरी गायक दिपक गरौजाको “चिन मायाले” सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ५ गते, आईतवार ११:०९

लोक तथा दोहोरी गायक एबं सर्जक दिपक गरौजाको तीज गीत चिन मायाले सार्बजनिक भएको छ । गीतमा गायक दिपक गरौजालाइ लोकप्रिय गायिका जुना श्रीशले साथ दिएकी छ्न । गीतको म्युजिक भिडियो सम्झना डिजिटलको अफ़िसिअल युट्युब च्यानेलबाट सार्बजनिक गरिएको छ । गीतको भिडियोमा अहिलेका चर्चित तथा लोकप्रिय गायक तथा मोडल प्रकाश सपुत तथा मोडल प्रतिमा थापाको दमदार अभिनय रहेको छ । गीतको शब्द तथा लय लोकप्रिय गायक/सर्जक खुमन अधिकारी, एरेञ्ज बिनोद बाजुरालीको रहेको छ । गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतको म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुन भने बिष्णु शर्माको सम्पादन र निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका हुन् । गीतमा आफ्नो मायालुलाई बाहिर निस्कदा मेक-अप गरेर चिटिक्क पर्न आग्रह गरिएको छ । आफ्नो र अर्काको मानिसलाई चिन्न समेत गीत मार्फत गायक गायिकाले आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु