• नायिका शिल्पा र निर्माता छवी विरुद्ध बहुविवाहको मुद्धा दायर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १९:१३

    काठमाडौँ ।  आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता नायिका शिल्पा पोखरेलले श्रीमान छवीराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । प्रहरीबाट सहमत गरेर उनीहरु बाहिरिए । पछि विभिन्न अन्तवार्तामा एक अर्काको पोल खोल्ने र खुइल्याउने कार्यमा दुवैजना व्यस्त रहे । शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । शिल्पा छवीकी चौँथो श्रीमती हुन् ।

    शिल्पाले अदालतमा डिभोर्स फाइल गरिरहँदा घटनाले नयाँ मोड लिने देखिएको छ । छवीकी जेठी श्रीमती हेमा ओझाले छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध वहुविवाहको उजुरी दिएकी छिन् । दुई सन्तान (२ छोरा) की आमा समेत रहेकी हेमाले श्रीमान ओझा र सौता पोखरेले विरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दिएकी हुन् । उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।

    ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिप्रश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ । तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाय गरिपाउँ ।’उनले दिएइको उजुरीमा उल्लेख गरिएको छ ।

    अधिकवक्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको सम्बन्ध विच्छेदको कानुनी प्रक्रियालले नयाँ मोड लिएको छ । महानगरिय प्रहरी वृत्त गौशलामा निवेदन आएको भएपनि दर्ता भने भैनसकेको प्रहरीले जनाएको छ ।

    श्राेतः filmyfanda.com
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु