एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

तीजमा मेकअप र हेयर स्टाईल सुषमा महरा (बरिष्ठ ब्युटिशियन)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ६ गते, सोमबार १४:४७

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यो चाड गर्मी मौसममा पर्ने भएकाले सबै मेकअपका सामाग्रीहरु वाटर फ्रुफ प्रयोग गर्नुपर्छ ।

मेकअप गर्दा हामिले सुरुमा प्राईमर अनिवार्य लगाउनु पर्छ । प्राईमर लगाइसकेपछी आफ्नो स्कीन कलर अनुसारको प्यानास्टीक क्रिमको प्रयोग गर्नु पर्दछ । जस्ले हामिलाई स्कीनमा भएको दाग धब्वाहरु लुकाउन पनि मद्त गर्दछ । साथै यसले स्कीनमा राम्रो बेस समेत दिन्छ । यसमाथि हामीले स्कीनलाई ब्राईट देखाउने हो भने स्कीन कलर भन्दा एक दुई सेट लाईट कलरको फाउन्डेसन लगाउनु पर्दछ । यसरी स्कीन बेस र फाउन्डेसन वा बिबि क्रिम लगाउँदा अलि टाईम लागाएर नै ब्रस वा मेकअप पफको सहायताले राम्ररी ब्लेन्ड गर्नु पर्दछ । त्यस पछी कम्प्याक पाउडर लगाउने, कम्प्याक पाउडर लगाई सकेपछी आईब्रो सेफ दिने, आखाँको मेकअप गर्ने आईल्यासेज राख्ने नोज तथा चिम कटिङ गर्ने, लिपीस्टीक लगाउने, यदि विबाहिता महिला हो भने सिन्दुर टिका लगाउने त्यस पछी अहिले फेसनमा चलिरहेको हाईलाईटर लगाएर आफनो नाक गाला आइब्रोको साईटमा साइनीङ दिन सकिन्छ ।अहिले पहीलाको जस्तो रोज लगाउने चलन धेरै हटी सकेको छ । यसरी मेकअप गरीसके पछी अनुहारको ओरीपरी कान,घाटी लगायतका भागमा हल्का मेकअप टचअप गर्नु पर्दछ । यसो गर्नाले मेअपको सेट मिल्न जान्छ । र मेकअप सकिएपछी मेकअप फिक्सर स्प्रे हल्का गर्नु पर्दछ । यसरी गरीएको मेकअपले हामि तीजमा दिन भरि नाचे पनि मेकअप टिकिरहन्छ ।कस्तो कपाल बनाउने र तीजमा मेअपको साथ साथै हेयरको डिजाइनलाइ पनि ध्यान दिनु पर्दछ । यदि फुल मेकअप गरेकाछौं र मेकअपलाई लामो समय टिकाउनुछ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केहि समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअप लाई समेत असर गर्दछ ।त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिदा धागोले वाटेर डिजाइन दिने, छोटो कपाल छ भने त्यसलाइ पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउदाँ राम्रो देखिने र लामो समय सम्म नाच गान गर्दा समेत कपालले हामिलाई केहि असर गर्दैन ।

(फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु