
काठमाडौ, ०५ श्रावण – नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार प्रकाश कटुवालको नयाँ गित ”आधा किलो सुन सार्वजनिक भएको छ । युगल आवाज रहेको उक्त तिज गीतमा जमुना सुनामले समेत स्वर दिएकी छिन् ।
राजु सुनामको शब्द, लय र संगीत रहेको आधा किलो सुनलाई सनम कृयसनले बजारमा ल्याएको हो । यस म्यूजिक भिडियो दिपेन्द्र तिमिल्सिनाको निर्देशन, नवराज उप्रेतीले छायान्कन र मनोज कार्कीको सम्पादनमा तयार पारिएको हो । लक्ष्मी प्रजापती तिमिल्सिनाको कोरियोग्राफी रहेको यस गीतमा जुना सुन्दास, रमेश थापा र नवराज रिजालले अभिनय गरेका छन् ।
पछिल्लो समय संगितको बजारमा निकै चर्चामा रहन सफल कलाकार प्रकाश कुटवालको उक्त गितले दर्शक एबम श्रोतालाई भरपुर मनोरन्जन दिने उनको दाबी छ ।


