मीन बहादुर गुरुङको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गदै एनआरएनए मलेसियाको अधिबेसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार ०६:२७

मलेसिया– गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको जोहोरबारु शाखाको अधिबेसन आईतवार सम्पन्न भएको छ । अधिवेशसनले मीन बहादुर गुरुङको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्यसमितिको अध्यक्षमा मिम गुरुङ्, उपाध्यक्षमा हरि बस्नेत र युवराज ज्योती, महिला उपाध्यक्षमा बेदना श्रेष्ठ, सचिवमा अर्जुनसिंह अनुरागी, सहसचिवमा भुवन खनाल, कोषाध्यक्षमा रेश्मा राई, सह कोषाध्यक्षमा भागीराम बुढाथोकी तथा युवा संयोजकमा राजबहादुर साउद रहेका छन ।
यस्तै निर्वाचित सदस्यहरुमा अनिलकुमार चौधरी, शशीकला राई, सुरेन्द्र महतो, हिमाल थापा मगर, विकास लामा, अर्जुन बुढा, प्रेमबहादुर विष्ट, छबिलाल गैरे, बिन्दु दर्लामी मगर चयन भएका छन् । यस्तै संस्थाको संरक्षकमा महन राई, सह संरक्षकमा राकेशप्रसाद महतो चयन भएका छन् भने प्रमुख सल्लाहाकारमा रमेश मल्ल तथा सल्लाहकारहरुमा रबिलाल अधिकारी र राजु लामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूताबास मलेसियाका राजदूत उदयराज पाण्डे ,विशेष अतिथि एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने र एनआरएनए आईसिसि सदस्य विश्व राई र अतिथि जनप्रगतिसिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, एनआरएनए मलेसियाको महासचिवलगायत रहेका थिए ।

कार्यक्रममा राजदूत पाण्डेले नवनिर्वाचित कार्यसमितिको सफलताको कामना गर्दै नेपाली कामदारको हकहितमा काम गर्न आग्रह गरे । बिशेष अतिथि न्यौपाने र राईले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिदै एनआरएनएको बिधानभित्र रहेर काम गर्न सबैलाई अनुरोध गरे । नबनिर्वाचित कार्यसमितिलाई एनआरएनए मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपानेले सपथ ग्रहण गराएका थिए । सपथ गराउन्दै न्यौपानेले सर्बसम्मतिले नेतृत्व चयन भएकोमा खुशी व्यक्त गर्दै एनसिसी मलेसियाको अरु शाखाहरु र मलेसियामा पनि निर्बिरोध नयाँ कार्यसमिति चयन गर्ने प्रयासमा आफू लागिपरेको बताए ।समचार जनसवाल दैनिक मा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु