नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

गुल्मीमा पहिरो : ६ को मृत्यु, दर्जनौं बेपत्ता (अपडेट)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार ११:११

गुल्मी -सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

जिल्लाको ठुलोलुम्पेकस्थित तिलबहादुर तरामुको घरमा राति भल पसि घर भत्किँदा उनकी ३० वर्षीया तिलकुमारी तरामू र उनका छोरा वर्ष १० का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर त्रामुले जानकारी दिनुभयो।

यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी तरामु घाइते भएका छन्। पानी परिराखेकाले उपचारमा लैजानका लागि समस्या परेको स्थानीयले बताएका छन्।

सत्यवतीमा ४ को मृत्यु

गुल्मीकै सत्यवती गाउँपालिका –४ लिम्घामा ४ घर बगाउदा चार जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सहायक निरीक्षक कुमारबहादुर थापाका अनुसार पहिरोमा पुरिएर मृत्यु  हुनेमा २५ वर्षीया पम्फा विक, वर्ष निर्मला विक, अञ्जली विक र  हेमन विक रहेका छन् । अहिले स्थानीयले उद्धारका लागि पलह गरिरहेका छन् । स्थानीय प्रहरीले नसक्ने र जिल्ला सदरमुकाम टाढा पर्ने हुँदा प्रहरी घटनास्थलमा पुग्न बढी समय लाग्ने भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिनुभयो ।

घर बगाउँदा कम्तिमा दुई बेपत्ता

सत्यावती गाउँपालिकाकै– ३ मा रुद्धबहादुर विकको घर पहिरोले बगाएको छ। राति घर बगाउदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरेपनि परिवारमा अन्य कति थिए भन्ने एकिन छैन। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

अविरल वर्षा भइरहेको र बाटोमा पहिरो गएको कारण प्रहरीको टोली त्यसतर्फ पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएपनि घटनाबारे पूरा विवरण आइसकेको छैन ।

उद्धारका लागि प्रहरीको टोलीसँगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पनि घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु