दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेष्ट द बेस्ट” भन्ने मुल नारा सहित नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया नेपाली बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ७ गते, मंगलवार ११:०२

रबिन थपलिया । काठमाण्डौं । “टेष्ट द बेस्ट” भन्ने मुल नारा सहित नेपा टि प्रा.लिले अन्तराष्ट्रिय स्तरका ८० भन्दा बढी स्वादका चिया नेपाली बजारमा ल्याएको छ ।
काठमाण्डौंमा खुलेका नेपा टि सपहरुमा नेपाली बजारमा नपाइने फलफुलका चियाहरु, सुगर र प्रेसरका रोगीहरुका लागि हितकर मानिएको अर्गानीक चिया लगायत बिभिन्न ८० प्रकारका चियाहरु पिउन पाइने नेपा टि प्रा.लि का सञ्चालक आशीस गिरीले जानकारी दिए । नेपाली कच्चा पदार्थहरुलाई प्रयोग गरेर बनाइने ति ८० प्रकारका चियाहरु न्युनतम रु २० देखि अधिकतम रु २ सय सम्ममा पिउन सकिने छ । नेपा टी सपमा १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका फू्रट टि, १५ प्रकारका नेपा आइसीइडी टी र अर्गानीक चिया पिउन पाइने गिरीले बताए ।

अस्ट्रेलीया पुगेर र्फकिएका गिरी सहित शिव पौडेल, रोहित थापा, सागर अधिकारी, मुरसीत अन्सरी र विवेक खडका सहितका ६ युवाहरुले नेपालमा नयाँ कन्सेप्ट सहितको टि सप सञ्चालन गरेका हुन् । नेपा टि प्रा.लिद्धारा चावहिल भत्केको पुल, कोटेश्वर र पेप्सीकोला स्थीत सनसिटी अपाटमेन्टको अगाडी रहेको पिपल कम्प्लेक्स गरी तिन स्थानमा नेपाल टि सप सञ्चालीत छन । ५० लाख भन्दा बढी लगानी गरी काठमाण्डौका ३ स्थानमा सञ्चालन गरिएका टि सप मार्फत १२ जनाले रोजगारी समेत पाएका छन् । बुक, म्युजीक एण्ड टि भन्ने अभिप्राय सहित सञ्चालन भइरहेका नेपा टि सप भित्रै पुस्तकालय र म्युजीक समेत उपलव्ध छन् । नेपा टि भित्र छिरेर ग्राहकहरुले चिया अर्डर गरेपछि बिभिन्न प्रकारका पुस्तकहरु समेत निशुल्क रुपमा अध्ययन गर्न सक्ने छन् ।

त्यती मात्र हैन् नेपालमानै पहिलो पटक नेपा टि सपले पसलमा पुगेर चिया पिउन नभ्याउने ग्राहकहरुका निम्ती होम डेलभिरीको समेत व्यवस्था रहेको छ । सञ्चालक गिरीका अनुसार होम डेलीभरीका लागि पहिला नेपा टी को सदस्यता बन्नुपर्ने हुन्छ, सुरुमा सदस्यताका लागि कुनै शुल्क तिर्नुपर्ने छैन् । ग्राहक बनेपछि ग्राहकहरुले “नेपा टि टेष्ट द बेस्ट” फेसबुक पेजमा एड भएर तथा टेलिफोन मार्फत बिभिन्न प्रकारका चियाहरु अर्डर गर्न सक्नेछन् । मिनु हेरेर ग्राहकले कुनै पनि प्रकारका चिया न्युनतम ५ कप चिया भने अर्डर गर्नुपर्ने छ । अर्डर भएपछि मिनु अनुसारको बिल सहित रेष्टुरेन्टले निशुल्क होम डेलिभरी गरिदिने छ । ग्राहकले चियाको साथै केक तथा बेकरीका आइटम समेत अर्डर गर्न सक्ने छन् ।

छोटो अवधिमानै नेपालमा सञ्चालीत टि र कफि सप भन्दा पृथक पहिचान राख्नका सफल नेपा टि सप ले अव चाँडै काठमाण्डौं उपत्यकाका अन्य स्थान सहित उपत्यका बाहिरका शहरहरुमा समेत टि सप सञ्चालन गर्ने सोच बनाएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु