नेपाली जनताले प्रत्यक्ष चुनिएकै प्रधानमन्त्रीको आवश्यकता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ८ गते, बुधबार २०:३०

काठमाडौं। नेपालमा संसदीय व्यवस्था मार्फत कार्यकारी प्रधानमन्त्री या राष्ट्रपति चुनिने व्यवस्था नै गलत हो। यो गलतलाई सही बनाउन नेपालको संविधान संशोधन हुनु आवश्यक भैसकेको छ। नेपालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष नेपाली जनताले चुन्ने राष्ट्रपति या प्रधानमन्त्री शासन व्यवस्थाको आवश्यकता भएको जिकिर युवा राजनीतिज्ञ युद्धविक्रम तामाङको रहेको छ। नेपालको संविधान संशोधन भएर नेपाली जनताव्दारा प्रत्यक्ष चुनिएर आउने राष्ट्रपति या प्रधानमन्त्रीले ढुक्कैसंगै शासन व्यवस्था चलाउने भएकोले नेपाली राजनीतिमा अस्थिरता नआउने दावी राजनीतिज्ञ तामाङको दावी रहेको छ।
अर्कोतर्फ सोही संशोधित संविधानमा नेपालमा कुनैपनि राष्ट्रपति या प्रधानमन्त्रीले दुई कार्यकाल मात्र चुनाव लड्न पाउने व्यवस्था गरिनु आवश्यक भएको जिकिर पनि राजनीतिज्ञ तामाङको रहेको छ।
यसले गर्दा नयां पुस्ताले पनि पर्याप्त अवसर पाउने तथा भ्रष्टाचार गरेको खण्डमा त्यस राष्ट्रपति या प्रधानमन्त्रीलाई जेल चलान गराउन सक्ने कानूनी प्रावधान राख्दा कुनैपनि राष्ट्रप्रमुखले भ्रष्टाचार गर्न आँट नगर्ने भनाई पनि तामाङको रहेको छ।
तत्कालिन नेकपा एमालेको जिल्ला कार्य समिति सदस्य तथा हाल नेकपाको सदस्य युद्धविक्रम तामाङले दुई कार्यकाल पूरा गरिसकेका कोही पनि प्रधानमन्त्री अव उप्रान्त आवश्यक नभएको पनि भनेका छन्।
उही पुरानै अनुहारका शेरवहादुर देउवा, माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल लगायत दोहोरिनु नहुने र बर्तमान दुई तिहाईको प्रधानमन्त्री केपी शर्मा ओली पनि पूरा कार्यकाल पश्चात दोहोरिनु नहुने सुझाव पनि तामाङको रहेको छ।
दुई तिहाईको केपी शर्मा ओली नेतृत्वको सरकारले बर्तमान संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपति या प्रधानमन्त्री शासन व्यवस्था लागु गर्न सक्ने अवस्था रहेको पनि तामाङले भनेका छन्।
यसो भएमा आलोपालोको सरकार, मत–अल्पमतको सरकार नहुने हुन्छ। सत्ताकै लागि कहिले प्रचण्डले होडबाजी गर्ने अर्कोतिर विपक्षमा रहेका शेरवहादुर देउवा पनि कम्मर कसेर लाग्ने जस्ता प्रष्ट कुराहरुले नेपाली जनतालाई वाक्क दिक्क बनाउने गरेको छ।
यसो हुन नदिन संविधान संशोधन अत्यन्त आवश्यक भएको तामाङको निश्कर्ष रहेको छ। यसो हुन सकेमा नेपालको राजनीति अमेरिकाको जस्तो हुने दावी पनि तामाङको रहेको छ।
जनताव्दारा प्रत्यक्ष चुनाववाट दुई कार्यकालको राष्ट्रपति चुनाव जितेर जनताको मन जितेर अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पूर्ववत आफ्नो जागिरमा फर्केका छन्।
नेपालमा पनि त्यस्तै हुनेछ। नमरुन्जेल राजनीति गरेर बस्ने प्रचलन पनि हट्नेछन्। राजनीति वाहेक विकल्पमा अर्कोपनि केही गर्नुपर्दछ भन्ने सचेतना नेपाली राजनेताहरुमा पलाउने विश्वास तामाङको रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु