काठमाडौं । लोकप्रिय गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको “पशुपतिमा” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनीहरुलाई बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीले साथ दिएका छन् । गीतलाई तिर्सना म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ । बाबुराम बोहराको शब्द रहेको उक्त गीतमा गायक खुमन अधिकारीको नै संगीत रहेको छ भने बिनोद बाजुरालीको एरेंज रहेको छ । दुई प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई मन पर्ने कुरा गरिएको छ ।