मन्त्रीकाे जागिर अस्थाई मुखियाकाे जागिर जस्तो भयो : न्यौपानेनवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमतिएनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मायस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त

लोकप्रिय गायक पशुपति शर्मा र सीता श्रेष्ठको “बैमानीले ढाँट्यो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ९ गते, बिहीबार ०७:५०

काठमाडौ । लोकप्रिय गायक पशुपति शर्मा र सीता श्रेष्ठको “बैमानीले ढाँट्यो” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई गायक पशुपति शर्माको युटयुबबाट सार्वजनिक गरिएको छ । गायक पशुपति शर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क. भान्जाको एरेंज रहेको छ । बैंश , पैसा र मायाको भाव समावेश गरिएको उक्त गीतमा मायालुले बैमानी गरेको र कलेजी फाटेको कुरा गरिएको छ ।रञ्जिता गुरुङ, श्रीकृष्ण वम मल्ल, पशुपति शर्मा, नरेश खाती,राजु ढकाल, बैकुण्ठ महत र सीता श्रेष्ठको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छाँयाकन गरेका हुन् । चर्चित कलाकारहरुको निकै राम्रो नृत्य रहेको उक्त गीतको भिडियोमा पशुपति शर्मालाई रञ्जिता गुरुङ फकाउँदै देख्न सकिन्छ । दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नविन घर्ति मगरले संपादन गरेका हुन् । गीतको भिडियोमा ग्रिमन सोमन कुमारको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु