दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक सुमन कुमारको नयाँ गीत “जिस्काउँथे म, उ दंग पर्थि” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ९ गते, बिहीबार १०:२५

काठमाडौं । युवा व्यवसायी एँव सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम “विहानी
४” को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त
आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक भव्य लोकार्पण कार्यक्रमका बीच शनिवार विमोचन गरिएको हो । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एंव बरिष्ठ संगीतकार दिपक जंगमको संगीत रहेको “जिस्काउथे म, उ दंग पर्थि” बोलको गीतमा सुमन कुमार श्रेष्ठको
एकल स्वर रहेको छ ।

दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारी आदिको अभिनय रहेको छ ।

नेपाली संगीत क्षेत्रका करिब ३०० जना हस्तिहरुको विच साँझ ६ वजे सुरु गरिएको कार्यक्रममा गायक
श्रेष्ठकी आमा सावित्रिदेवी श्रेष्ठ, बरिष्ठ संगीतकार दिपक जंगम, बरिष्ठ गीतकार दिनेश अधिकार र
गायक श्रेष्ठले एकैसाथ संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए । ब्याकअप ब्याण्डको बाद्यवादनमा एकल प्रस्तुति दिएका सुमनकुमारले “टोपी लाए पनि हुन्छ”, “यो मन”, “खाएको कसमको लाज राख्नु ह”ै, “मुटु चोरी लाने माया”ँ, लगाएतका ६ गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका रामकृष्ण ढकाल देखी रामचन्द्र काफ्ले, कुन्ति मोक्तान देखी संगीतकार महेश खड्कासम्मले श्रेष्ठको स्वरको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बरिष्ठ गीतकार राजेन्द्र थापाले श्रेष्ठको वायोग्राफि भिडियो सार्वजनिक गरेका थिए ।
विन्धवाशिनी म्युजिकको वजार व्यवस्थापन रहेको उक्त गीतको भिडियो युटुवमा समेत सोही समयमा
सार्वजनिक गरिएको थियो । नेपालकै सबैभन्दा ठुलो मल्टिब्राण्ड स्वरुम भनिएको विन्दु हार्डवेएर एण्ड
सेनेटरीका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ उक्त गीत लोकार्पण कार्यक्रममा भएको सहभागिता र उक्त गीतमा आएको प्रतिक्रियाले आफू अत्यन्त खुशी भएको बताउछन्। श्रेष्ठको यो सातौँ गीती एल्बम हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु