राजेन्द्र बजगाईको “नशा लाग्यो” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार १२:०७

काठमाडौं । राजेन्द्र बजगाईको “नशा लाग्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । जिवन लुइटेलको शब्द रहेको उक्त गीतमा राजेन्द्र बजगाईको नै संगीत रहेको छ भने केश्व बडुको एरेंज रहेको छ । माया , प्रेमको भाव समावेश गरिएको उक्त गीतमा मायालुको नशा लागेको कुरा गरिएको छ ।नायिका नम्रता सापकोटा , कमल सिंह र रोशको अभिनय रहेको उक्त गीतको भिडियो उत्सव दहालले छायाँकन गरेका हुन् । उक्त गीतको भिडियोमा एक युवकलाई आफ्नो मन गरेको मान्छेलाई फकाउँदै देख्न सकिन्छ । प्रकाश धितालको निर्देशनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतको भिडियोमा राजिभ समरको कोरियोगफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु