अमेरिकामा छायाँकन भएको विलकुलै नयाँ तीज गीत तीजको रमझम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १२ गते, आईतवार ०७:५८

काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्वको अवसरमा अमेरिकामा छायाँकन भएको विलकुलै नयाँ तीज गीत सार्वजनिक भएको छ। अमेरिकाको न्यूयोर्क स्थित कनेक्टमा बसोबास गने अमेरिकन बाबु मेड इन नेपाल चलचित्रका अमेरिकन बाबु प्रवेश उप्रेती पौलको निर्माणमा बनेको तीज गीत रिलिज भएको हो।
तीजको रमझम बोलको गजबको तीज गीतको भिडियोको अधिकाँश छायाँकन अमेरिकामा नै गरिएको जानकारी अमेरिकन बाबु प्रवेश उप्रेती पौलले भिजन संसार डटकमलाई दिएका छन्। खेम सेञ्चुरी र स्मृति शाहीको गायन रहेको तीजको रमझम गीतको भिडियोमा ख्यातिप्राप्त डान्सर शंकर बीसीका साथमा संंझना पहारी, प्रवेश उप्रेती लगायतका दर्जनौ कलाकारहरुको मनै लोभ्याउने
अमेरिकामा रहेका नेपाली दिदीबहिनीहरुले तीज मनाउने त्यहाँको परिवेशलाई पनि यस गीतको भिडियोमा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ। शंभु मोक्तानको छायाँकन तथा शंकर बीसीले यस तीज गीतको भिडियोलाई निर्देशन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु