उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १३ गते, सोमबार ०५:४०

बुटवल-जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चोरी भएका मोटरसाइकल सहित मोटरसाईकल चोरीमा संलग्न ब्यक्तिहरु पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला लुमिबनी साँस्कृतिक नगरपालिका वडा नं ११ बस्ने अब्दुल हमिद मुसलमान र रुपन्देही जिल्ला शुद्धोदन गाउपालिका वडा नं ६ बस्ने कालु मल्लाह, जिल्ला रुपन्देही कंचन गा.पा. ५ बस्ने गगन गुरुङ,सोही ठाउ बस्ने बर्ष ३३ को सम्मर बहादुर थापा,सोही ठाउकै बर्ष ३० को मान बहादुर भण्डारी,रुपन्देही जिल्ला कन्चन. गा.पा. ४ बस्ने बर्ष ३५ को ओम प्रकाश रौतार, कपिलबस्तु जिल्ला बाणगंगा न.पा. १० बस्ने बर्ष ३३ को दिपक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मिति २०७६ साल असार १६ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं ५ नापी शाखा कार्यालयबाट लु.१९.प. ८१७० नंबरको होण्डा साईन मोटरसाईकल चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अब्दुल हमिद मुसलमान र ऐ. शुद्धोदन गा.पा. ६ बस्ने कालु मल्लाहले दिएको बयानका आधारमा निजहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी निम्न ब्यक्तिहरुसंग मिलि बेचबिखन गरेको भनी उल्लेख गरेकोले थप ब्यक्तिहरुलाई समेत पक्राउ गरी बरामद मोटरसाईकल सहित थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी धर्मराज भण्डारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा लु१५प २१७१ को होण्डा साईन,लु१९प ८१७० को होण्डा साईन, लु२१प ६४३४ सुपर स्पलेण्डर, लु३५प २१५५ सुपर स्पलेण्डर,लु२२प ६९४८ सुपर स्पलेण्ड,लु२२प ४३५५ प्रो. स्पलेण्डर मोटरसाइकल बरामद गरी घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु