दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईएफए फुटसल वर्ल्डकपमा भाग लिन बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १३ गते, सोमबार १४:०४

काठमाडौं, १३ श्रावण – अगष्ट १७ देखी २६ सम्म चाईनाको जिंगमेन शहरमा हुन लागेको आईएफए अन्तराष्ट्रीय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने भएको छ । अन्तराष्ट्रीय फुटसल एलाईन्सको आयोजनामा हुन गईरहेको आईएफए फुटसल वर्ल्डकपमा अन्तराष्ट्रीय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन काठमाडौं, कीर्तिपुर नगरपालिका ४ निवासी पुरुषोत्तम बुढाथोकी सहित खेलाडीहरु साजन महर्जन, मीलन नकर्मी, रीतेश पौडयाल, गोविन्द श्रेष्ठ महर्जन, विकास रावत, पुरुषेत्तम थापा, राजन महर्जन, दीपेश नकर्मी, बीक्की सिलाकार, सुवास घलान, सुजल गुरुङ, दीनेश कुमार सिंह, विवेक केसी, सञ्जय हाङराई र कोच बीरकृष्ण महर्जन सहित १६ जनाको टोली अगष्ट १५ तारिखमा चाईना जाने कार्यक्रम तय भएको छ ।

उक्त खेलमा नेपाली टोलीले मर्यादीत भई उच्च मनोवलका साथ खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बुढाथोकीले बताए । साथै, नेपाली फुटसल टोलीले पदक प्राप्त गरि देशलाई बिश्व सामु चिनाउने लक्ष्य लिएको पनि बुढाथोकीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु