तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सर्लाही जिल्ला र रौतहट जिल्ला मा राहत बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १५ गते, बुधबार ११:३१

रौतहट असार १५, रौतहटको राजदेबी नगरपालिका वाड नं. ८ लक्ष्मीपुर बेलबिछुअवा र ब्रहमपुरी गाउका बाढीबाट पीडित अपांगहरुलाई एक संस्थाले मंगलबार राहत वितरण गरेको छ । राहत बितरणमा अपारदर्शी तथा न्युन अबस्थाका परिवारले राहत नपाएको गुनासो आएपछि छायाँ नेपाल नामक संस्थाले सो क्षेत्रका अपांग तथा एकल महिलाहरुलाई राहत वितरण गरेको हो ।
सो क्षेत्रका करिब ६० घरधुरी बाढी पीडित अपांग तथा एकल महिलालाई राहत वितरण गरेको सो संस्थाका कन्ट्री डाइरेक्ब्टर कमल थापाले जानकारी दिए । एक परिवारको लागी १ थान त्रिपाल,३० किलो चामल, ५ किलो चिउरा, १ थान झुललगायतको समाग्रीहरु बितरण गरेको उनले जानकारी दिएका छन् । पहुच भएकाहरुले मात्र राहत पाएको गुनासो आएपछि अपांग परिवारलाई लक्षित गरी प्याकेज ल्याएको उनले बताए ।
सिमा क्षेत्रको अत्यधिक ढुबानमा परेको उक्त गाउँका अपांग, एकल महिला, गरिब तथा विपन्न परिवारले राहत नपाएको खबर आएपछि सो क्षेत्रमा सहयोग गरेको स्थानिय सहयोगी संस्था एन बि डब्लु ए नेपालका अध्यक्ष राजेश साहले जानकारी दिए ।यसैगरी सो संस्थाले मंगलबार नै जिल्लाको परोहा नगरपालिका वाड नं. ५ र ६ का बिभिन्न गाउमा करिब २ सय ५० घरधुरीलाइ राहत बाडेको तथा फेरी २५० घर दुरी र सर्लाहीको चन्द्रनगर गाउपालिकामा पनि करिब ३० घरधुरी बाढी पिडितलाइ राहत बितरण गरेको कन्ट्री डाइरेक्टर थापाले जानकारी दिए ।
छाया नेपालले सराहनिय कार्य गरेको राजदेबी नगरपालिकाका युवा समाजसेवी नबिन सिंहले जानकारी दिएका छन् । यता लालबकैया र बागमती नदीले भत्काएका तटबन्ध समयमा नै मर्मत हुन नसक्दा यहाँका दर्जनौं बस्तीका बासिन्दा डरले घरमा बस्न बाध्य छन् । जिल्लाका दर्जनौं स्थानमा तटबन्ध भत्काएर पानी बस्तीमा पसेको थियो । बाढी पसेसंगै जिल्लाका ग्रामीण सडकहरु सदरमुकाम गौर र पुर्वपश्चिम राजमार्गमा आवागमनमा समेत असहज हुँदै आएको छ ।
बाढीले रौतहटको बागमती नदीमा तटबन्ध भत्काएको छ । जिल्लाको गढिमाइ नगरपालिका वडा नम्वर तीन र राजदेवी नगरपालिको ब्रम्हपुरी क्षेत्रको तटबन्ध भत्काएको छ ।
बाढीका कारण यहाँ १६ जनाको ज्यान गएको छ । दुईजनाको अवस्था अझै अज्ञात रहोको प्रमुख जिल्ला अधिकारी किरण थापाले बता । उनका अनुसार, बाढीका कारण २० हजार नागरिक प्रभावित भएका छन् । १४ हजार आठ सय ८३ घर परिवार आंशिक रुपमा क्षतिग्रस्त छ भने चार हजार नौ सय ८५ घर पुर्णरुपमा क्षति पुगेको छ ।
जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित दर्जनौं गाउँ बाढीको उच्च जोखिममा छ । जिल्लाका दक्षिणी भेगका अधिकाँश गाउँहरु जलथल भएका छन् । जिल्लाका प्रमुख दुई दुखका नदिका रुपमा चिनिने बागमती र लालबकैयाको बाँध कटानका कारण संयौ हेक्टर खेतियोग्य जमिन नष्ट हुँदै आएको छ भने ठुलो परिमाणमा जनधनको क्षति गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु