
काठमाडौं ।गायिका छनु गुरुङको स्वरमा ‘छम छमी नाँचौन’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा अमृत मरहठ्ठाको शब्द र पुष्कर सुनुवारको सङ्गीत रहेको छ । कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् भने उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् ।
शिव ढकालले छाँयाकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् ।


