बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १६ गते, बिहीबार १८:२३

काठमाण्डौं, १६ श्रावण- नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बिच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरे । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी परामर्शमुलक विविध कार्यक्रम आयोजना गरि जानकारी उपलब्ध गराईने उल्लेख गरिएको छ । सो सम्झौता कार्यक्रममा बोल्ने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्याउने धारणा राखेकी थिईन । ‘महिला उद्यमीहरुले कर, लेखा र बित्त सम्बन्धी जानकारी सहजै हासिल गर्न सक्ने वातावरण तयार गर्न यो प्रयास कोशेढुङा बन्नेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भनिन ।

त्यस्तै सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले महिला उद्यमीहरुलाई यस्ता परामर्शमुलक कार्यक्रमका माध्यमबाट निर्धक्क साथ ब्यापार ब्यवसाय संचालन गर्ने वातावरण तयार पार्न सनराईज बैंकले सधैं नै सहयोगीको भूमिका निर्वाह गर्ने बताए । साथै उनले संघमा आवद्ध महिला आयातकर्ता एबम् निर्यातकर्ताहरुलाई विद्यमान बैंकिङ्ग सुविधा बारे जानकारीमुलक कार्यक्रम गरि अन्तरराष्ट्रिय बजार पहूच तथा क्षमता विकासमा समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु