
डिएन घिसिङ
काठमाडौं ।खेलकुदको सबैभन्दा ठूलो महाकुम्भ मेला गृस्मकालिन ओलम्पिक खेल हो।खेलाडीहरु ओलम्पिक खेलमा सहभागी हुनुलाई सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिने गर्द्छ। आगामी सन २०२०मा जापानको टोकियोमा आयोजना हुने गृस्मकालिन ओलम्पिक खेलमा कराते पहिलो पटक सहभागी गराएपछी कराते खेलप्रेमीहरुले चासोको रुपमा लिइएको छ। विश्व कराते महासघको निर्देशालयमा सन्चालन भएका क्षेत्रीय तथा विश्व स्तरीय प्रतियोगिताहरुको र्यान्किङ्गलाई आधार मानेर ओलम्पिक प्रतियोगिता सहभागी गराउने प्रक्रियाहरु थालिसकेका छ्न।
नेपाली खेलाडीहरुपनी सहभागीता संभावना नजिक रहेको कराते प्रशिक्षक धुर्ब बिक्रम मल्लले जानकारी गराउनु भयो। उनले अगाडी भनेका छ्न “१६औ सिनियर एशियन कराते च्याम्पिनशिप २०१९ उज्बेकिस्थानको तास्केन्ट नेपालको कराते ईतिहासमा अहिले सम्म कै ठुलो सफलता मिलेको र नेपाली कराते खेलाडीहरुलाई ओलम्पिक खेल्ने ढोका समेत खुलेको छ।”
विश्व कराते महासंघको नियम अनुसार WKF Premier League / Series -A र AKF Senior Championship ले खेलाडी र देशलाई दिलाउने बरियता अंक जसको आधारले २०२० जापानमा हुने ओलम्पिक गेम्समा देशको प्रतिनिधित्व गर्छ l सम्भावना रहेका खेलाडीहरु राजिव पुडासैनी,नबिन रसाइली, विजय श्रेष्ठ,एस्तर राई र अनु अधिकारी रहेका छ्न lयो स्थान सम्म आउन देशको खेलकुद हेर्ने निकायबाट नभई बालाजु कराते-डो प्रतिष्ठानको लगानी र मिहेनतले प्राप्त भएको सफलता रहेको मल्लले बताए।
आसन्न १३औ साग गेम्शको बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीहरु बिश्व करातेको बरियातामा उक्लिए पछि खुशी व्यक्त गरेका छ्न।


