
काठमाडौं, १७ श्रावण – गिनिज पब्लिक स्कुल दोस्रो ओपिएस अन्तर विद्यालय फाइभ ए साईड फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा मनास्लु पब्लिक स्कुललाई ४-२ र सेक्रेड हार्ट स्कुललाई ३-२ गोल अन्तरले पराजित गरि गिनिज पब्लिक स्कुल सेमिफाइनल प्रवेश गरेको हो । गिनिज पब्लिकले सेमिफाइनलको यात्रा तय गरेसंगै स्कुलका अतिरिक्त कृयाकलाप इन्चार्ज दिपक कंडेलले फाइनल जित्ने लक्ष्यका साथ तयारीमा लाग्ने प्रतिकृया दिए । त्यस्तै विद्यालयका इन्चार्ज रामेश्वर सिंखडाले बिद्यार्थीहरुको लगनशिलता र मेहनतबाट जित सुनिस्चित भएको बताउदै खुशी ब्यक्त गरे ।
नयाँबजार, बालाजु, तारकेश्वर, नेपालटार र आसपासका क्षेत्रमा संचालित प्याबसनमा आवद्ध २८ विद्यालय ओपिएसका सदस्य छन् । प्रतियोगितामा ओपिएसमा आवद्ध २५ विद्यालयले भाग लिएका छन् । जहा सात, आठ र नौ कक्षामा अध्ययनरत छात्रहरु समाविष्ट छन् । प्रतियोगिता अन्तर्गतको सेमिफाइनल र फाईनल खेल क्रमश: १८ गते शनिवार र १९ गते आईतवार सम्पन्न हुँदैछ ।


