हजुर हरुलाई थाहा छ एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुनै मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।
जब हामीले प्रकृतिलाई फलो गर्छाैं, शाकाहारी खान्छौँ, तब हाम्रो स्वास्थ्य राम्रो पोजिसनमा रहन्छ । संसारमा सबैभन्दा शक्तिशाली जनावरको रूपमा हात्ती र घोडा लाई लिने गरिन्छ । दुवै पुर्ण रूपमा शाकाहारी हुन् । के शक्तिशाली हुन मांशाहारी नै हुनु पर्छ त ? या बुद्धिमान हुन माछामासु खाने गर्नुभएको छ भने लियो टलोस्टय ,जर्ज ब्रनाड शा, स्टिभ जब्स ,अलबर्ट आइनस्टैन,बिल क्लिन्टन ,कार्ल ल्विश ,रस्सेलब्रान्ड ,माइक टैसन यी संसार का सक्तिशाली व्यक्ति हरु जो साकाहारी थए !
मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ त्येओ गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् ।
प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दाल तपाइको किचेन मा अटुट नै हुन्छ होला
भिटामिन सी र बीटा क्यारोटिनजस्ता अन्य स्वस्थ पोषक तत्वले पनि भरिपूर्ण टुसा उम्रेको गेडागुडी का त के कुरा
प्रोटिनको राम्रो स्रोत हो बदाम, काजू, र ओखर पनि
भटमास का त के कुरा गर्ने जो भिटामिन डी, बी १२ र क्याल्सियमको एक महत्वपूर्ण स्रोत हो
सन्तुलित आहार को लागि खानालाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ। पहिलो समूहमा मकै, गहुँ, चामल, जौ, जुनेलो, फापर र कोदो जस्ता अन्नहरू तथा आलु, तरुल, पिंडालुजस्ता जमिनमुनि फल्ने कन्दमूल हरु जसमा कार्बोहाइड्रेट प्रचुर मात्र मा हुन्छ । दोस्रो समूहमा सिमी, भटमास, मुसुरदाल, सानो केराउ र ठूलो सिमीजस्ता गेडागुडी तथा दूध जो प्रोटिन, फलाम, जिन्क अनि विभिन्न भिटामिनका स्रोतहरु हुन्छन । तेस्रो समूहमा फलफूल अनि सागपात र तरकारी हरू पर्छन्। हरेक पटक खाना खाँदा प्रत्येक समूहबाट एक परिकार भए पनि समावेश गर्नुहोस् र सकेसम्म ती समूहहरूमा पर्ने फरक-फरक खानाहरू चलाउनुका साथै पकाउने विधिमा पनि भिन्नता ल्याउने कोसिस गर्नुहोस्।जस्तै हरियो साग या तरकारी पाकाउदा पूर्ण रुप मा गलाउनु हुदैन ! बिहान चामल लिनु भएको छभने साँझ गहु फपर या कोदो लिनुहोस् ! केहि न केहि चेन्ज हुनु पर्छ ! सन्तुलित भोजनले मानिसहरूलाई धेरै रोगहरूबाट बचाउन सक्छ।
ऋषि यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ ।
बिश्वोमा अचाक्ली खानाको कारण झन्डै ८० करोड मानिसहरूको ज्यान खतरामा छ । असन्तुलित आहारले मोटोपन, आथरोस्कलेरोसिस, उच्च रक्तचाप, मधुमेह, सिरोसिस र अन्य विभिन्न प्रकारका क्यान्सर जस्ता दीर्घकालीन रोगहरू लाग्न सक्छ। मिठो छ भनि धेरै पनि नखानुहोस !
“धेरै खाए मल, कम खाए बल ”
“साकाहारी हौ, हात्ती झैँ बलवान हौ ”
“बच्न लाई खाऊ, खान लाई नबाचौ”
सेफ लक्ष्मन प्रसाद भण्डारी
प्रेसिडेन्ट
ग्लोबल नेप्लिज सेफ फेडेरेशन