नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि मुक्तदा मुसलमानले अध्यक्ष पदमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १८ गते, शनिबार १०:४९

काठमाण्डौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका लागि मुक्तदा मुसलमानले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।कतारमा लामो समयदेखि ब्यबसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले कतारमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
मुसलमान एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष एव मानार्थ सदस्य टिबि कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाइ, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाल, नेपाली समाज कतारको अध्यक्ष देव परियार, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरि गैह्रे, प्रवासी नेपाली मञ्चका पुर्वअध्यक्ष दिल किरण खजुम, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर ३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कंडेल लगायतले शभकामना मन्तव्य राख्दै निरन्तर समाज र एनआरएन अभियानमा सक्रिय मुक्तदा अध्यक्ष पदको सहि उम्मेदवार रहेको भन्दै बिजयी गराउन आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु