दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कटारीका वडा अध्यक्ष भाले र घिउ लिएर सुत्केरी भेटघाटमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १८ गते, शनिबार १९:५२

२ हजारको कुखुराको भाले र एक माना घिउ लिएर उदयपुरको कटारी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कमल श्रेष्ठ वडाकै एक सुत्केरीलाई भट्नु भयो । वडाको सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत वडा अध्यक्ष श्रेष्ठले भाले र घिउ लिएर आज भेट्न जानु भएको थियो । उहाँ मात्र होईन त्यस कार्यक्रममा वडाका सबै पदाधिकारीहरुको समेत सहभागि थियो । सुत्केरी आमालाई कुखुराको भाले र घिउ दिएपछि सुत्केरी र उनको परिवारलाई सुत्केरी आमा र बच्चाको स्याहार तथा पोषणमा ध्यान दिन सुझाव पनि दिईएको थियो ।

वडा कार्यलयको चालू आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा नै उल्लेख गरेर सुत्केरी भेटघाट कार्यक्रम राखिएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । सोही कार्यक्रम साउन लाग्दादेखि नै सुरु भएको छ । कार्यक्रम अन्तर्गत आज सोहि वडाको सुत्केरी नन्द कुमारी मगर नै पहिलो भेट भएको समेत वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । घरमा नै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई खतरा हुने हुँदा वडा कार्यलयले मातृ शिशु स्वस्थ्यका वारेमा जनचेतनामा समेत जोड दिने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु