बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

गैरआवासीय नेपाली संघ को नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी शुरूवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १९ गते, आईतवार ०६:४३

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दावी आउन थालेको हो । आठाै विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचित गरेको थियो । भट्ट कार्यकालको अन्तिम समयमा छन् । अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानिसकेको छ । यसैक्रममा एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङकङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओसेनिया क्षेत्रिय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले स्पष्टरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन ।
अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्त र अर्का उपाध्यक्ष कुल आचायले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आएका छन् । बर्तमान अध्यक्ष भट्टले आफुले शुरु गरेका कार्यहरु बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्याउने आन्तरिक तयारी रहेको बताइए पनि गत जुलाई २४ को नेपाली समय अनुसार मध्यरातमा वर्तमान अध्यक्ष भबन भट्टले आफू दोश्रो कार्यकालमा उम्मेदवार नहुने घोषणा गरेसँगै नेतृत्वका लागि नयाँ समीकरण बन्ने देखिएको छ । बर्तमान अध्यक्ष भट्ट आफु अब एक कार्यकाल अध्यक्ष बन्ने सोचाईमा रहेकोे भनिएपनि भट्टले एकाएक अब अर्को कार्यकालमा उम्मेदवार नबन्ने घोषणा गरेर नेतृत्वमा आउन चाहनेहरुका लागि मार्गप्रशस्त गरेका छन् । यता दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफुले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरुको मन जितेको बताउँछन ।
संघको अर्का उपाध्यक्ष कुल आचार्यले आफू प्रष्ट रुपमा नै अध्यक्षको लागि प्रतिस्पर्धी रहेको बताइसकेका छन् । उनले भने ‘मैले लामो समय संघको लागि काम गरेको छु, कुनै स्वार्थ राखेको छैन । बेलायतको कार्यसमितिदेखि अध्यक्ष, युरोप क्षेत्रको संयोजक र अन्तमा संघको उपाध्यक्ष भएको छु । अब यो पटक संघको अध्यक्षको लागि नै प्रतिस्पर्धा गर्दैछु, यो कुरा पक्का हो । अब जे सुकै भए पनि, कुनै मन बिचलित हुँदैन, अन्तिममा संझौता पनि हुँदैन र मैदानबाट हट्दिन,’ आचार्यले भने । भट्टकै नेतृत्वमा रहेका पन्त र आचार्यको कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भबन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम समपन्न भएकाले दुवैले आ–आफ्नो उपाध्यक्षको कार्यकाल सफल भएको दाबी पेश गरिरहेका छन् ।
यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईछुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाए संगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत उम्मेदवार रहने बताइएको छ । यस्तै महासचिबमा बर्तमान सचिब डीबी क्षेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल र एनआरएनएका पूर्व प्रवक्ता हेमराज शर्मा, वर्तमान सचिव जानकी गुरुङलगायतले आकांक्षा देखाएका छन् । सचिबमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी र एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले उम्मेदवारी दिने जनाएका छन् ।
कोषाध्यक्षमा बर्तमान सहकोषाध्यक्ष सोम सापकोटा र एनआरएनए आइसिसी सदस्य महेश श्रेष्ठको नाम घोषणा भएको छ । यसैगरी सहकोषाध्यक्षमा एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल र एनआरएनए अमेरिकाका पूर्व सहसंयोजक एसी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी एनआरएनको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै बुद्धिमानी हुन्छ । अहिले एनआरएनको कोठे बैठकदेखी भेला र सम्मेलनमा आगामी नेतृत्वकै बारेमा चर्चा हुने गरेको छ । अहिले एनआरएनले नेपालबाहिर ८१ देशमा आफ्नो संस्था बिस्तार गरिसकेकोले यसको नेतृत्वको महत्व झनै बढेको छ । एनआरएनए यूरोप क्षेत्रीय भेला पनि आगामी अक्टोबरमा काठमाडौंमा आयोजना हुने एनआरएनए विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमका लागि आगामी कार्यकालमा नेतृत्वमा आउन चाहनेहरुका लागि प्रचार प्रसार तथा सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण हुने ठानिएको छ । गैरआवासीय नेपाली संघ र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को नवौं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु