तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामा लाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १९ गते, आईतवार १५:०१

काठमाडौं, १९ श्रावण

मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामाले जितेका छन् । लामाले टप फाईभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतीका आधारमा उत्कृष्ट बन्दै मिस्टर प्लस साइज नेपालको पहिलो संस्करणको ताज पहिरिएका हुन ।
लामाले मुख्य उपाधी सहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे । त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाईटल सहित फर्स्ट रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे । प्रतियोगीहरु मध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिस्पिलिनको टाइटल सहित नगद बिस हजार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथी उज्ज्वल जंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज अधिकारी , इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत, कोरियोग्राफर केडी भट्टराईले पुरस्कार एबम ट्रफी वितरण गरेका थिए ।

कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको बिकास, ब्यक्तित्व बिकास र सिर्जनात्मक क्षमताको बिकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन ।

कार्यक्रममा इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय विरेन्द्र स्‍मृति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, मोडल सिलाष्मा हमाल , नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो । कार्यक्रमको संचालन ऋषि श्रेष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु