नेक्स्ट सुपर टप्स मोडल नेपाल, २०१९’को उपाधी सरोज र बिपनाको हातमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १९ गते, आईतवार १५:२०

काठमाडौं — श्रावण १९।

मोडल सङ्ग्स नेपालले राजधानीको जमलस्थित राष्ट्रिय नाचघर, जमलमा शनिबार आयोजना गरेको ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल, २०१९’ मा पुरुषतर्फ सरोज खड्काले विजेताको ताज हात पारे भने बिधागत तर्फको मस्ट हेन्समको अवार्ड समेत जित्न सफल रहे । त्यस्तै महिलातर्फ बिपना थापाले विजेताको ताज चुम्न सफल भइन् । विजेताको ताजसंगै थापाले बिधागततर्फको मस्ट ब्युटिफुल, मिस फोटोजेनिक र बेस्ट वाकको उपाधीसमेत आफ्नो पोल्टामा पारिन् । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।

उक्त प्रतियोगितामा राहुल चौधरी र मौषमी शाह क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप हुन सफल रहे साथै विधागततर्फ राहुलले मिस्टर फेसन आईकन हात पार्दा मौषमीले बेस्ट स्माईल, बेस्ट फिगर र मस्ट गर्जियसको अवार्ड पनि हात पार्न सफल रहिन ।

प्रमिता राजघटानीले ‘अडियन्स चोईस’को उपाधीको साथै मिस कन्जिनियालिटी को उपाधी पनि हात पारिन् ।

विधागततर्फ सुजन बस्नेत मस्ट ट्यालेन्ट र बेस्ट फिजिक, आदित्य बिक्रम राणा मिस्टर फोटोजेनिक र बेस्ट वाक, अनामिका खत्री बेस्ट एटिच्युड, राकेश बकुन्छे मस्ट एक्टीभ घोषित भए । त्यस्तै, स्तुति पोखरेल मिस फेसन आईकन, स्मृति महतो बेस्ट स्माईल, अर्जुन न्यौपाने मस्ट डिसिप्लिन, सन्दिप दङ्गालले बेस्ट स्माईल अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

मान्छेको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले जनाए।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नायक शितल केसी, प्लस साईज मोडल सुजाता काफ्ले शाह, नायक/मोडल ईश्वर बल्लव उप्रेती, बरिष्ठ गितकार लोक राज अधिकारी र कलाकार सुष्मा कार्कीको निर्णायक समिति रहेकाे थियाे।

केडी भट्टराईको अफिसियल कोरियोग्राफी रहेको कार्यक्रमको संचालन ऋषि श्रेष्ठले गरेका थिए । सम्पूर्ण प्रतियोगीहरुलाई एक महिनाको लामो प्रशिक्षण पछि यो कार्यक्रम भव्य रुपमा सम्पन्न गराउन भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए ।

साथै, अन्तिम प्रतियोगीतामा राज मेकअप स्टुडियोले सबै प्रतियोगीहरुको मेकअप गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु