तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

थाइल्याण्डमा पदक जित्ने कराँते खेलाडीलाई एक्सपर्टद्वारा नगदसहित सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १९ गते, आईतवार १७:०४

साउन १९, काठमाडौं ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा हालै सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई आइतबार काठमाण्डौमा नगद पुरस्कारसहित सम्मान गरेको छ । महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल सबिना श्रेष्ठ, रजत पदक विजेता सोमी राई तथा कास्य पदक विजेताहरू राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरिएको हो। स्वर्ण पदक विजेता श्रेष्ठलाई नगद ७ हजार रूपैयाँ, रजत पदक विजेता राईलाई ५ हजार रूपैयाँ तथा काश्य पदक विजेता रसाईली र लामिछानेलाई जनही ४ हजार रूपैयाँ, प्रमाणपत्र तथा अन्य उपहार प्रदान गरिएको हो। सो अवसरमा खेलाडीका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, काठमाण्डौ महानगरपालिका ३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका ७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायत उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्वोधन गर्दै टोखा नगरपालिकाका प्रमुख अधिकारीले एक्सपर्टले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। त्यसैगरी कामपा ३ का वडाध्यक्ष केसीले एक्सपर्टले नेपाली खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हौसला बढाउन गर्दै आएको कार्य निजी क्षेत्रसहित सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्दै एक्सपर्टलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा एक्सपर्ट फाउन्डेशनका अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो।

एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्न पाउँदा आफूहरूलाई गर्व लागेको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो ५ वर्षयता क्रिकेट, फुटबल कराँतेसहित अन्य खेलकुद र खेलाडीहरूको क्षमता विकासमा एक्सपर्टले उदार मनले सहयोग गरिरहेको भन्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा सम्मानित खेलाडीहरूले राज्यका निकायले खासै चासो नदिएपनि एक्सपर्टले गरेको सम्मानबाट आफूहरु अत्यन्त खुशी भएको र हौसला मिलेको उल्लेख गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु