• गायिका सावित्रा भुजेलको प्रदेशी दादा तीज गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ०६:४७

    काठमाडौं । लोकदोहारी गायिका सावित्रा भुजेलको बजार तताउने तीज गीत ‘प्रदेशी दादा’ सार्वजनिक भएको छ । सावित्री भुजेलको यूट्यूब च्यानलमार्फत सार्वजनिक म्यूजिक भिडियोसहितको उक्त तीज गीतले अहिले बजारमा निक्कै चर्चा कमाउन सफल भइरहेको छ ।

    भुजेल र हरी गिरी ‘विमर्शी’ले स्वरवद्ध गरेको उक्त गीतको शब्द/संगीत हरी गिरी ‘विमर्शी’को रहेको छ । कृष्ण विकले एरेञ्ज सो गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

    चर्चित मोडल शंकर बिसीद्धारा निर्देशित गीतको म्यूजिक भिडियोमा स्वं भुजेलको मुख्य अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् ।

    पछिल्लो समय लोकसंगीतमा जम्दै गरेकी भुजेलको यसअघि पानी पुरी लोकदोहोरीलगायत थुप्रै कोशेलीहरु बजारमा आइसकेका छन् ।

    म्यूजिक भिडियो हेर्नुस्ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु