• कसरी बनाउने डेडलक ( जट्टा ) बरिष्ठ ब्यूटीसियन सुषमा महरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १४:१२

    काठमाडौं ।तीज पर्वमा पनि विषेश पुजा शिवजिकै गरिन्छ । शिव नाम लिने वित्तिकै जट्टाधारी रुप लाई बणन गरिन्छ । अहिले यहि जट्टा वा लट्टा लाई डेडलक भन्ने गरिएको छ । परम्परागत रुपमा साधु सन्त, फकिरहरुले मात्र कपाललाई डेडलक अर्थात जट्टा बनाउँथे । तर केही समय यता नयाँ पुस्तामा डेडलकले फेशनको रुप लिएको छ । तन्नेरी पुस्ताहरु आफ्नो कपाललाई लट्टा बनाउन तल्लिन छन् । यसको चलन पश्चिमा मुलुकका रक, पप तथा फुटबल स्टारले आफ्नो कपाललाई लट्टा बनाउन थालेपछि त्यसको देखाशेखी संसारका तन्नेरी पुस्ताले पनि हेयर डेडलकको फेशन अपानाउन थाले । यसैको असर नेपालका तन्नेरी बर्गमा पनि पर्यो । यसरी पछिल्लो समय फेशन बनेको हेयर डेडलक गर्न त्यती सजिलो भने छैन । कसरी बनाउने त हेयर डेडलक । यसपटक त्यसको लागि हेयर डेडलकको केही टिप्स यहाँ प्रस्तुत गरिएको छ
    आबस्य समाग्री
    १) कुरुस
    २) थप्नको लागि आबस्यक कपाल
    ३) मुस
    ४) खरानी

    बनाउने तरिका
    –कपाल डेडलक बनाउनु अघि सम्बन्धित व्यक्तिको कपाल केही लामो हुनु पर्छ ।
    –आबस्यक कपालमा केही कपाल थपेर मोटो बनाउनको लागि थप कपाल लिनु पर्छ ।
    –यसपछि कुरुसको सहायताले सम्बन्धित कपालमा नयाँ कलाप थपेर लट्टा बनाउँदै जान ।
    –यसरी बनिसककेको कपाललाई लट्टाको रुप दिन त्यसमा खरानी र मुसको प्रयोग गर्ने ।
    –यसरी कपालको स्वरुप अनुसार २५ ओटासम्म लट्टा बनाईन्छ ।
    –यसरी पुरै नयाँ कपाललाई डेडलक बनाउन कम्तिमा पाँच लाग्छ ।
    डेडलकको स्याहार
    ।डेडलक बनाएपछि सम्बन्धित कपाललाई नियमित रुपमा सफाई गर्न पनि त्यतिकै आबस्यकक्ता छ । समयमा सरसफाई भएन भने कपाल सम्बन्धित विभिन्न समस्या आउने, जुम्रा पर्न सक्छ त्यसैले डेडलक कपाललाई हप्तामा कम्तिमा दुई पटक सफा गर्नु आबस्यक छ ।
    अरु कपाललाई जस्तो सामान्य सेम्पुको धुवाईले डेडलक कपाल सफा हुदैन । त्यसैले लट्टा नछुटोस भनेर हरेक लट्टालाई सावधानी पूर्वक राम्ररी स्याम्पुको प्रयोग गरेर धुनु पर्छ । यसरी धुँदा कपालमा राम्ररी सेम्पु लगाएर निकैबेर मिच्नु पर्छ ।
    –यसरी सेम्पु गरिसकेकेपछि हलुकासँग धुनु पर्छ । तर लट्टाको सेम्पु राम्ररी पखालिनु पर्छ । धुनेक्रममा लट्टालाई कडासँग मिच्यो भने लट्टा बिग्रन सक्छ ।
    –एक पटक गरेको डेडलकलाई लामो समयसम्म टिकाउन बेला बेलामा बिग्रिएको लट्टालाई पुन बनाउनु तथा कडा तुल्याउनु पर्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु