• रामेछापको गोठगाउँमा रुद्राक्ष, घिउफल र ५ स्वामी वृक्षारोपण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १७:३८

    मंथली, २० श्रावण रामेछाप नगरपालिका –१ गोठगाउँमा वृक्षारोपण गरिएको छ । वडा अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा बिहीबार सो वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । गोठगाउँ सरोकार समाजले काठमाडौंबाट लगेका ६० वटा रुद्राक्ष, १९ वटा घिउफल र ५ स्वामी गरी जम्मा ८४ वटा विरुवाहरु रोपिएको हो । रुद्राक्षको विरुवा गोठगाउँमा पहिलोपटक रोप्न लागिए जनाईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु