असार २१काठमाडौं ।काठमाडौंमा क्यान्सर रोगबाट पीडितको उपचारमा सहयोग पुर्याउन ‘कपाल दान’ अभियानको शुरुवात भएको छ । फेसियल हाउसकी सञ्चालक सुष्मा महराद्वारा जारी अभियान विगत एक महिनादेखि फेसियल हाउसमा चलिरहेको छ । क्यान्सर रोगबाट पीडित व्यक्तिलाई कपाल उपलब्ध गराउन आफुहरुले उक्त अभियान सञ्चालनमा ल्याएका उनको भनाई रहेको छ ।यहाँ भन्नु हुन्छ
प्रायः मानिसले महिनै पिच्छे काटेर फाल्ने कपाल क्यान्सर पिडित लाई काम लाग्ने भएकोले आफुले यो कार्य मा सहभागी भएको र हाम्रो सानो प्रयासले क्यासर पीडित मुहारमा खुशी र मुस्कान ल्याउन सक्ने भएकोले र कपाल काट्ने ले पनि काटेर फाल्ने चीज त्यसरी क्यान्सर पीडितलाइ काम लाग्छ भने उनीहरूपनी खुशिका साथ आफ्नो कपाल दान दिन तयार हुन्छ तर यस्को लागी केहि सर्त भने जारी गरिएको छ । उक्त कपालको लम्बाई कम्तीमा पनि दश इन्चको हुनु पर्छ तथा कपालमा कुनै प्रकारको खरावी हुन हुन्न |भनेर भन्नु हुन्छ |
यसरी कपाल दान गर्ने व्यक्तिलाई कोसेली नेपाल भन्ने सस्था कोशिश नेपाल प्रमाणपत्र प्रदान पनि प्रधान गरिने छ । उल्लेखित सर्तको आधारमा जो कोहिले पनि उक्त अभियानमा भाग लिन सक्नेछन । अहिलेलाई उपत्यकामा सञ्चालित अभियान देशै भर विस्तार गर्दै लगिने फेसियल हाउसका सञ्चालिका सुषमा महराजी ले जानकारी गरायकी भएको छ ।
सुषमा महरा
महिला उधमी /बरिष्ठ ब्युटिशियन
फेसियल हाउस