जित मनोबिज्ञानले पाएको ओलम्पिकको स्वर्ण, “भाग्यालाई हैन कर्मलाई पुजा गरौं”- ओलम्पिएन च्याम्पियन माइकल पिलिप्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २२ गते, बुधबार १८:३७

डिएन घिसिङ

खेलको पहिलो कडी अनुशासन हो।खेलाडीहरू नियमभित्र बाँधिएर जित या हार जे भए पनि त्यसलाई सहजै स्वीकार्ने मनोविज्ञान लिएर मैदानमा उत्रिने गरेकाले खेलमा अनुशासनलाई महत्त्वपूर्ण कडी मानिएको हो।
जित मनोबिज्ञानले मात्रै खेलाडीले एक सफल र उत्कृष्ट खेल प्रदर्सन गरेर आफुलाई पहिचान गराउन सक्छ भन्ने उद्धारणिय ब्यक्तित्व हुन सर्बाधिक ओलम्पिक स्वर्ण पदक बिजेता अमेरिकी नागरिक माइकल फिलिप्स। चाहिने महत्वपूर्ण कुरा मनोविज्ञानपछि इनर्जी नै हो।उनले आफना अनुभव बारे भन्छन् “जुन बेलामा म थाकेको हुन्छु,अनी थाकेर रोकिन चाह्न्छु तब मलाई उत्सुक्ता हुन्छ ,कि मेरो प्रतिद्दन्दी यस समाजमा के गरिरहेको होला जब मैले सोच्दासोच्दै कि उ अहिले पनि अभ्यास गरिरहेको छ तब मैले अरु परिश्रम गर्न थाल्छु !जब म देख्छु कि उ थाकेर आराम गरिरहेको छ अनि म झन कडा रुपमा मेहेनत गर्न थाल्छु !यसो गरेर नै बिजय प्राप्त गरेको थिए” उनी अगाडि भने”भाग्यालाई हैन कर्मलाई पुजा गरौं ।” खेलाडीहरु १५बर्ष तयारी गर्छन केबल १५सेकेन्डको पर्फमेन्सका लागि। गृस्मकालिन ओलम्पिक खेलका सर्बाधिक स्वर्ण पदकधारी पौडी खेलाडी माइकल फिलिप्सलाई बेइजिङ ओलम्पिकमा आठ स्वर्ण जिते पश्चात् एक पत्रकारले उनलाई भने -“आज तपाईंको भाग्य दिन रहेछ।” फिलिप्सले ती पत्रकारलाई नजिकै बोलाएर भने-एथेन्स ओलम्पिकको चार बर्ष पछि यहाँ भयो ।मैले यस बिचमा १०हजार घन्टा भन्दा बडी प्राक्टिस गरे। अमेरिकाको बाल्टीमोर मेरिल्यान्ड शहरमा जन्मेका माइकल फिलिप्स बाल्यकालमा पानी देखेपछी डराउने स्वभावका थिए।उनले बिश्व च्याम्पियनसिपमा मात्रै हैन ओलम्पिकमा समेत इतिहास रचेका छ्न।
माइकल फिलिप्स को हुन?
अमेरिकाको बाल्टीमोर मेरिल्यान्ड सन १९८५ जुन ३०मा जन्मेका माइकल फ्रेड फेल्प्स एक सर्बाधिक सफल पुर्ब अमेरिकी स्विमर हो। १५ वर्षको सानो उमेरमा सिड्नी ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कान्छो अमेरिको पुरुष स्विमर हुन। अस्ट्रेलियाको सिड्नीमा सन २००० ग्रीष्मकालीन ओलम्पिकमा उनले पदक जित्न सकेनन् तर चाँडै उनले प्रतिस्पर्धी पौडी खेल्ने आत्म बिश्वास भने सिर्जना गरे। सन २००४मा एथेन्स ओलम्पिक गेम्शमा उनले रेकर्ड सहित स्वर्ण जितेका हुन।लगातार सन २००८को बेजिङ्ग ओलम्पिक गेम्श ,सन २०१२ लन्डन ओलम्पिक गेम्श र सन २०१६ रियो ओलम्पिकमा स्वर्ण मात्रै हैन ऎतिहासिक रेकर्ड समेत ओलम्पिक खेलको इतिहासमा सुचिकृत गरे। विश्व पैडी च्याम्पियनसिप दर्जनौं स्वर्ण पदक बिजेता फ्लाइङ फिसको उपनामले समेत परिचीत छ।माइकल फिलिप्सले निकोल जोन्शेन सग वैवाहिक समन्ध गासेका हुन।निकोल एक अमेरिकी मोडेल र ब्यूटी क्वीन हुन् समेत हुन।जो मिस युएसए प्रतियोगितामा भाग लिएका थिए।उनिहरुको बच्चाहरु बुमेर रोबर्ट फेल्प्स, बेकेट रिचर्ड फेल्प्स रहेका छ्न।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु