रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माणको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २३, बिहीबार २०:५९

काठमाडौं–सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माणको घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित फिल्म ‘सेन्टी भाइरस’ घोषणा गरेका हुन् । फिल्म रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । केही पहिले फिल्मको नाम ‘एन्टी भाइरस’ प्रचार गरिएको थियो । अहिले घोषणा भने ‘सेन्टी भाइरस’को गरियो । फिल्ममा धुर्मुस र सुन्तलीको अलवा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहनेछ ।
सुबिहानी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ । सह–निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहनेछन् । कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सितारामले कार्यक्रममा जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु