रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सुनको भाउ अकासिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २४, शुक्रबार १०:३६

काठमाडौं। नेपालमा सुनको मूल्यमा अचाक्ली बृद्धि भएको छ। केही समयअघिसम्म मात्र ५० हजार तोला रहेको सुनको भाउ अकासिदै तोलाको ७० हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ पुगेको हो।

यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ। मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार एकदिनै १५ सय रुपैयाँ बढेको थियो। बिहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धि भएको छ। यो मूल्य अर्को रेकर्ड हो।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो। बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको थियो भने आज विहीवार त्यो बढेर १४ सय ९७ डलर ९९ सेन्ट पुगेको छ। व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म सुन प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको छ।

यही क्रममा वृद्धि भए एक–दुई दिनमै उक्त मूल्य भेट्ने छ। यसरी सुनको भाउ बृद्धि हुनुमा अमेरिका र चीन वीचको व्यापार युद्धले नै हो। चीनमा निर्माण भएका बस्तु तथा सामाग्री माथि अमेरिकाले चर्को कर लगाउन थालेपछि विश्व बजारमा सुनको मूल्य अकासिदै गएको सुन विज्ञहरुको भनाई रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु