डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

त्रिशूली मा खस्दा ३ को मृत्यु–१४ को उद्धार र २३ बेपत्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २४, शुक्रबार ११:१८

काठमाडौं। सर्लाहीको मलंगवाबाट काठमाडौं आउंदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा आज शुक्रवार विहान खसेको छ। खस्दा ३ जनाको मृत्यु भएको छ। १४ जनाको उद्धार गरिएको छ। २३ अझै बेपत्ता रहेका छन् ।
ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको धादिङ प्रहरीले जनाएको छ। बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको भनाई रहेको छ।
बस आधा पानीमै डुबेको छ।

अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ। चालकसहित १२ जनाको जिवितै उद्धार गरिएको छ। मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ। सर्लाहीका ३५ वर्षीय अजय दास र विजय कुर्मीको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ। उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएकोछ। उद्धार गरिएका सर्लाही हरिवनका बसचालक जीवन विकको अवस्था गम्भीर छ। बसका कण्डकटर ऋषि उप्रेती रसहचालकप्रमोद कुँवरको पनि उद्धार गरिएको छ। चालक विक बोल्न सक्ने अवस्थामा छैनन्। उप्रेती र कुँवर बोल्न सक्ने अवस्थामा भएपनि दुर्घटनाका कसरी भयो थाहा नभएको कान्तिपुरले उल्लेख गरेको छ। समचार भिजन संसारडटकममा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु