काठमाडौं, साउन २५ – अन्तराष्ट्रिय बजारमा चर्चित रारामार्टले नेपालमा दुई नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । रारामार्टले राजधानीमा पत्रकार सम्मेलन गरी ‘सपिङ पनि,निशुल्क स्वास्थ्य बीमा पनि’ र ‘रारा फ्राइडे, अनलाइन हाटबजार’ सार्वजनिक गरेको हो ।
उपभोक्ताको हितलाई ध्यान राखेर रारामार्ट नेपालले सपिङ क्षेत्रमै पहिलोपटक ‘सपिङ पनि,निशुल्क स्वास्थ्य बीमा पनि’ योजना ल्याई खरिदकर्ताको परिवारकै १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको दाबी गरेको छ । यसअन्तर्गत मार्टले प्रिमियर इन्स्योरेन्सबाट आफ्ना ग्राहकहरुको स्वास्थ्य बीमा गराउने जानकारी दिएको छ ।
ग्राहकले रारामार्टमा भएका प्रडक्ट मध्ये जुनसुकै प्रडक खरिद गर्दा पनि स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सकिनेछ । यस्तो बीमा सुविधा अन्तरर्गत नेपाल तथा भारतका जुनसुकै अस्पतालहरुबाट उपचार गराउँदा लाग्ने खर्चमा बीमा रकमको सीमाभित्र रही विद्यमान व्यवस्था अनुरुप उपचार खर्च प्राप्त गर्न सकिने रारामार्टका ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालिका अध्ययक्ष प्रदिपजंग पाण्डेले बताए ।
पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । कम्पनीका अध्यक्ष पाण्डेका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो ।
अध्यक्ष पाण्डेका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ ।उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।
रारामार्ट ईकमर्श प्लाटफर्म हो जसमा करिब २५ हजार प्रडक्टहरु सुचिकृत रहेका छन् । ग्राहकहरुले आफुले चाहेको सामानहरु ईन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन भने बिक्रेताहरुले पनि आफ्ना बस्तुहरु रारामार्टको प्लाटफार्ममा दर्ता गरी बिक्री बितरण गर्न सक्छन ।
अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरुगरिएको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् ।
त्यस्तै रारामार्टको ‘रारा फ्राइडे’ अभियान अन्तर्गत हरेक हप्ताको शुक्रबार विभिन्न खालका अतिरिक्त छुटहरु प्रदान हुनेछ । सबै मानिसहरुलाई शुक्रबार सपिङ गर्ने बानि बसाल्ने अवधारणालाई लिएर ‘रारा फ्राइडे’ अभियान सुरु गरेको मार्टका निर्देशक प्रकाश चन्द्र सापकोटाले बताए । शुक्रबार सपिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
मार्टले काठमाडौंको रिङरोड भित्र सामान अडर गरेको २४ घण्टाभित्र निःशुल्क अनलाइन डेलीभरीमा उपलब्ध गराउने छ । रारामार्टले उपभोक्तालाई अन्य अनलाइन मार्केटभन्दा छिटो र सर्वसुलभ सेवा दिनुका साथै विश्व बजारमा पाइने गुणस्तरीय सामान रारामार्टमा अन्य भदा सस्तो मूल्यमा उपलब्ध गराउने दाबी गरेको छ ।
यो वर्ष नै विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्राउने र भेण्डरको संख्या कम्तिमा ५ हजार पुर्याउने लक्ष्य लिएको छ ।